९ माघ, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ चुनिखेलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
सोमबार बिहान साढे ९ बजे बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलमा बसले ३ वर्षीया नाबालिकालाई ठक्कर दिएको हो। बा २ ख ६००६ नम्बरको संयुक्त यातायात बसले सोही स्थानमा बस्ने ३ वर्षीया नाबालिकालाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले उनलाई तत्काल करूणा अस्पताल लगेको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। दुर्घटनापछि स्थानीयले केही सवारी साधनमा क्षति समेत पुर्याएका थिए।