|  

थप २ जनामा कोरोना पुष्टि, २ डिस्चार्ज 

९ माघ, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज १ हजार ६ सय २८ जनामा परिक्षण गर्दा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या २१ रहेको मन्त्रालयले जनाएको छ ।