|  

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सट्नीदर 

१० माघ, काडमाडौं । नेपाल राष्ट्र बैंकले आज  (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४७ पैसा,बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।