|  

सरुवा रोग सम्बन्धी उपचार गर्न टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन जरुरीः तोशिमा कार्की

१० माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोशिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् । 

आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताइन । हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवारोग सम्बन्धी अस्पतालहरुको सेवा बिस्तार हुन आवश्यक रहेको बताउँदै उनले आउनसक्ने विभिन्न खाले प्रकोपलाई धान्नसक्ने अस्पतालहरु पालिकास्तरमा बनाउनुपर्नेमा जोड दिइन ।