|  

वर्षौंसम्म सत्ता चलाएका राजनीतिक दलहरूले राज्यका संयन्त्र थिलथिलो बनाएका छन्ः गृहमन्त्री 

१० माघ, काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सञ्चारमाध्यमलाई प्रयोग गरेर गलत सूचना फैलाउने काम भइरहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले मिडियाको ‘कन्टेन्ट’मा आफ्नो चासो नभए पनि गलत सूचना मिडियाबाट प्रचार हुँदा जवाफ दिँदै हिँड्नुपरेको उल्लेख गरे ।“मिडियामा मेरो कुनै चासो छैन । किनभने, म त्यहाँबाट निस्किसकेको मान्छे हुँ । त्यहाँ आउने विषयवस्तुमा म कुनै कमेन्ट गर्ने पक्षमा छैन,” उनले भने, “मिडियालाई मिडियम बनाएर गलत सूचना प्रवाह भइदिएन भने हामीले जवाफ दिँदै हिँड्नुपर्ने थिएन ।”

यसका साथै उनले वर्षौंसम्म शासन सत्ता चलाएका राजनीतिक दलहरूले नै  राज्यका संयन्त्रलाई थिलथिलो अवस्थामा पुर्‍याएको बताए। त्यसका लागि रातदिन नभनेर प्रणाली सुधारमा आफू लागिपरेको उनले बताए।उनले भने,‘वर्षौंसम्म शासन सत्ता चलाएका राजनीतिक दलहरूले राज्यका संयन्त्र थिलथिलो बनाएका छन्। आफूले गृहमन्त्रालयले सम्हालेदेखि प्रणाली सुधारमा लागेका छौं।’परिणाम देखाउने गरी काम भइरहेको छ।’