|  

नेपालबाट ६ महिनामा ११ करोड ८५ लाख बराबरको डाइपर पनि निर्यात

१० माघ, काठमाडौं ।  चालु आर्थिक वर्षको ६ महिनामा नेपालले चार करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको सेनिटरी प्याड निर्यात गरेको छ।

नेपालले एक करोड ७९ लाख ९२ हजार २५२ थान सेनिटरी टावेल प्याड भारत निर्यात गरेको हो।त्यस्तै, एक लाख ६ हजार रुपैयाँ बराबरको एक हजार दुई सय ५५ केजी न्यापकिन भारत निर्यात गरेको छ। ११ करोड ८५ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ८० लाख ५६ हजार ८४० थान डाइपर पनि निर्यात गरेको छ। नेपालले चालु आवको पहिलो महिनामा मात्रै २९ लाख १७ हजार रुपैयाँको ११ लाख नौ हजार थान सेनिटरी प्याड निर्यात गरेको थियो।

उक्त महिना एक करोड ५५ लाख २९ हजार रुपैयाँको २४ लाख ४० हजार ७६५ थान डाइपर पनि निर्यात भएको थियो। नेपालबाट हरेक वर्ष सेनिटरी प्याड, डाइपर तथा न्यापकिन पेपर निर्यात भइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।