|  

संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका आचार्य बोल्न सक्ने अवस्थामा

१० माघ, काठमाडौं ।  संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको हाल आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत आचार्य बोल्न सक्ने अवस्थामा रहेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार आचार्यले आफू केही गर्न नसक्ने र देशमा भ्रष्टाचार व्याप्त रहेकाले आफूले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

आज दिउँसो ३ बजेर ५ मिनेटमा आफ्नो शरीरमा ज्वलनशील पदार्थ खन्याएका आचार्यलाई प्रहरीले उद्दार गरी २० मिनेटमै अस्पताल पुर्याएको थियो ।