|  

ललितपुरका मेयर चिरिबाबु महर्जन र डा.सन्दुक रूइतबीच भेटवार्ता 

१० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीिबाबु महर्जनले ‘इसा अवार्ड’ पाउन सफल वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रूइतलाई भेटेर बधाई दिएका छन् ।

मेयर महर्जनले डा.रूइतलाई तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर नेपालको परिचय अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो बनाउन महत्पूर्ण भूमिका खेलेको भन्दै बधाई तथा शुभकामना दिएका हुन् ।भेटको क्रममा मेयर महर्जनले कम खर्चमा मोतिबिन्दुको शल्यक्रिया गर्ने चिकित्सापद्धति भित्र्याएर विपन्न नेपालीलाई लगाएको गुण अविस्मरणीय रहेको बताएका थिए ।

डा. रूइतले पाएको पुरस्कारले मुलुकभरका चिकित्सकमा ऊर्जा र उमंग थपिएको महर्जनको भनाइ थियो ।भेटमा डा.रूइतले महानगरमा उत्कृष्ट विकास भइरहेको बताउँदै ललितपुर महानगरले विशेषगरी हरियाली प्रबर्द्धन र वातावरण संरक्षणमा गरेका काम उदाहरणीय भएकोमा खुसी व्यक्त गरेका थिए ।