|  

बागमती प्रदेशको मन्त्रिपरिषद आज विस्तार गरिदै

११ माघ, काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद आज विस्तार गरिने भएको छ । 

मुख्यमन्त्रीको सचिवालयका अनुसार आज अपरान्हसम्म ११ सदस्यीय मन्त्रिपरिषद पूर्णता पाउने भएको हो । यसअघि १४ मन्त्रालय कायम रहेको सो प्रदेशमा हिजो मंगलबार बसेको बैठकले ११ सदस्यीय बनाउने निर्णय गरेको थियो । प्रदेश प्रमुखका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलले मन्त्रालय घटाउने सुझाव दिएको थियो । सोही सुझाव अनुसार मन्त्रालय घटाउने निर्णय भएको हो । 

बागमती प्रदेशमा गत पुस २६ गते नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री निर्वाचित भएका थिए । त्यसदिन उनले तीन सदस्यीय मन्त्रिपरिषद निर्माण गरेका थिए । मन्त्रिपरिषद विस्तारबारेमा मुख्यमन्त्री जम्कट्टेल राजनीतिक सहमतिका लागि केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेतासँग पनि छलफल गरेका थिए ।