|  

निर्वाचन आयोगलाई सबैभन्दा पहिला कारबाही गर्नुपर्छः सन्तोष पन्त (भिडियोसहित)

११ माघ, काठमाडौं । बरिष्ठ कलाकार सन्तोष पन्तले निर्वाचन आयोगलाई सबैभन्दा पहिला कारबाही गर्नुपर्ने बताएका छन् ।

रवि लामिछानेको नागरिकता मुद्धाको विषयलाई उठान गर्दै हेडलाईन नेपालको हेडलाईन विशेषमा उनले आयोगले कुन मान्छे ठिक र कुन बेठिक भनेर हेर्नुपर्ने बताए । उनले निर्वाचन आयोगले मरेको मान्छेको नामबाट भोट खस्दा समेत बेवास्ता गरेको टिप्पणी गरे ।

त्यस्तै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बाघ भएको समेत बताए । उनले पछिल्लो समय बालेन शाह र विशाल भण्डारीबीच भएको सवाल जवाफप्रति इंगित गर्दै भने, ‘कमेडि च्याम्पियन बनाएको जस्तो हैन महानगर बनाउन । यो महानगर बनाउन सजिलो छैन । राम्रो काम गर्नेलाई सबैले आत्मसाथ गरौँ ।’

भिडियाे हेर्नुहाेसः