११ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ४ सय ३७ जनामा परिक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १४ रहेको मन्त्रालयले जनाएको छ ।