|  

रामेछाप जिल्ला बुद्धिचाल संघ तदर्थ समिति गठन 

१६ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले सौजन्य प्रसाद सत्यालको संयोजकत्वमा ८ सदस्यीय रामेछाप जिल्ला बुद्धिचाल संघ तदर्थ समिति गठन गरेको छ । 

नेपाल बुद्धिचाल महासंघको विधान अनुसार यहि फागुन ७ गते सम्ममा बुद्धिचाल संघको साधारण सभा तथा निर्वाचन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा हरीवंश कडरीया, विमल सुवेदी, समाल कार्की, युवराज सुवेदी, केदार थापा, करुणा थापामगर र प्रताप घिसिङ रहेका छन् । 

बुद्धिचाल संघको विधान २०४८ (संसोधन २००९) को परिच्छेद २ दफा १ उपदफा ७ को व्यवस्था अनुसार रामेछाप जिल्ला भित्र बुद्धिचाल खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले यहि फागुनभित्र जिल्ला बुद्धिचाल संघको साधारण सभा गरिदैछ । योसँगै रामेछाप जिल्ला पनि बुद्धिचाल संघमा कायम रहनेछ । हालसम्म बुद्धिचाल संघमा २९ जिल्ला कायम रहेका छन् । अब २२ जिल्ला थपिएपछि बुद्धिचाल संघ ५१ जिल्लामा विस्तार हुनेछ । नेपाल बुद्धिचाल संघको निर्वाचन भने आगामी चैत ३ र ४ गते काठमाडौं हुने भएको छ ।