|  

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ६ जना घाइते 

१८ माघ, काठमाडौं ।  ओखलढुङ्गाबाट काठमाडौँ तर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आज बुधबार दिउँसो करिब १२ बजे मानेभञ्ज्याङ गाउँपालिका वडा नं.६ को हिलेपानी भन्ज्याङ नजिकै दुर्घटनामा परेको ओखलढुङ्गा प्रहरी प्रमुख सुकदेव खनालले जानकारी दिए ।

घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालको टोली घटनास्लतर्फ गएको छ ।घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी छ ।