|  

हिमानीसँगै फिल्म हेर्न पुगिन् पूर्व रानी कोमल शाह

१८ माघ, काठमाडौं । पूर्व रानी कोमल शाहले शाहरुख खानको फिल्म ‘पठान’ हेरेकी छिन् ।

पूर्व युवराज्ञी हिमानी शाहसँगै कोमल र पूर्व राजपरिवारका सदस्यहरु दरबारमार्गस्थित क्यूएफएक्सको ‘दरबार सिनेम्याक्स’ हल पुगेर फिल्म हेरेका हुन्।कोमल र हिमानीसहित पूर्व राजपरिवारले फिल्म हेर्न आएको फोटो क्युएफएक्सले फेसबुकमा सार्वजनिक गरेको छ।

गुण ग्रुपद्वारा निर्माण गरिएको ‘दरबार सिनेम्याक्स’ हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अर्डर अनुसारको खानासहितको सेवा उपलब्ध छ। जसकारण फिल्मको टिकट दर पनि सबै हलभन्दा बढी छ।