|  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर तोकेको छ । 

आजका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हिजोको तुलनामा केही बढेको छ । हिजो प्रति डलर १३० रुपैयाँ ७८ पैसा तोकेको राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १८ पैसा तोकेको छ। त्यस्तै बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा तोकेको छ । 

युरोपिय यूरो एकको खरिददर १४४ रुपैयाँ ९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकेको छ। यूके पाउण्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५७ पैसा  बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।