|  

साफ यू-२० महिला फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

२० माघ, काठमाडौं । साफ यु-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

आजदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले घरेलु टोली बगंलादेशको सामना गर्दै च्याम्पिनयसिपको सुरुवात गर्दैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ । 

नेपाली टोली प्रिती राईको कप्तानीमा मैदान उत्रनेछ। सिनियर टोलीका अनुभवी खेलाडीको साथमा रहेको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रनेछ । च्याम्पिनयसिपमो पहिलो खेलमा भारत र भुटान भिड्नेछन्। च्याम्पिनयसिपमा आयोजक  बंगलादेशसँगै नेपाल, भारत र भुटान सहभागी छन ।

राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन ।