|  

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाका लागि राय-सुझाव पठाउने आज अन्तिम दिन

२० माघ, काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाका लागि राय-सुझाव पठाउने आज अन्तिम दिन रहेको छ । 

नेपाल राष्ट्र बैंकले गत माघ ९ गते एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय-सुझाव माग गरेको थियो । राय-सुझाव आज माघ २० गतेसम्म उपलब्ध गराउन सक्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको ई-मेलमा राय-सुझाव पठाउन सकिन्छ । 

राष्ट्र बैंकमा हालसम्म पुँजीबजारबाट विभिन्न लगानीकर्ता संघसंगठन, बैंकर र उद्योगी-व्यवसायीहरुले सुझा पठाइसकेका छन् ।