|  

‘ह्यारी कि प्यारी’ आजबाट देशभर प्रदर्शनमा 

२० माघ, काठमाडौं । जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।

हाँस्य कलाकार जितु र अभिनेत्री साम्राज्ञीको मुख्य अभिनय रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको समेत अभिनय रहेको छ । डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्माण तथा निर्देशनमा चलचित्र बनेको हो । चलचित्रको पटकथा तथा संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा। कपिल र अभिमन्यू निरोवीले मिलेर लेखेका हुन् ।

चलचित्रमा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको यस चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।