|  

थप १ जनामा कोरोना पुष्टि, ३ डिस्चार्ज 

२० माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज १ हजार १ सय ६१ जनामा परिक्षण गर्दा थप १ जनामा कोरोना पुष्टि भएको हो । आज ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १४ रहेको मन्त्रालयले जनाएको छ ।