|  

एकीकृत समाजवादीको जारी बैठक भोलिसम्म चल्ने

२१ माघ, काठमाडाैं । काठमाठौंमा जारी नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोलिसम्म चल्ने भएको छ ।

शनिबार बसेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पाँचौ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सो प्रतिबेदन माथि १० वटा समूह बनाइ छलफल भइरहेको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । छलफलको क्रम जारी रहेकाले बैठक भोलिसम्म चल्ने उनले बताए । आइतबार छलफल समुहका निष्कर्षहरु बैठकमा प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।