|  

२४ घण्टामा कोरोनाका नयाँ संक्रमित शून्य

२१ माघ, काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा कोही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छैन ।

पछिल्लो २४ घण्टामा ३९५ वटा स्वाब नमुनाको परीक्षण गर्दा कोही व्यक्तिमा पनि संक्रमण नदेखिएको हो ।पछिल्लो २४ घण्टामा देशभर चारजना निको भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ७६ पुगेको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।