|  

भारतीय चामलसहित एक जना पक्राउ

२१ माघ, काठमाडाैं । विराटनगरबाट भारतिय चोरी आयात गरिएको भारतिय चामल सहित एक जना चालक र दुई वटा ट्याक्टर पक्राउ गरिएको छ ।

सुनसरीको दुहबी स्थित गोपाल राईस मिलको बीलमा भारतिय चामल बेच्दै गर्दा १ सय २५ बोरा चामल, एक जना चालक र दुई वटा ट्याक्टर पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विराटनगरका एक जना चालक भने प्रहरीलाई छलेर भाग्न सफल भएका थिए ।करिब १ लाख ५५ हजार मुल्य बराबरको चामल, दुई वटा ट्याक्टर र चालकलाई विराटनगर भंसार कार्यालयमा बुझाइएको डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए । फरार चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

विराटनगरको चाँदनी चोक र ट्राफिक चोकबाट ट्याक्टर र चामल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले पक्राउ गरी बुझाएको चामल बारे अनुसंधान भईरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । चोरी आयात गरिएको चामल र ट्याक्टर आवश्यक प्रक्रिया पु¥याई लिलाम हुने बताइएको छ ।