|  

गायिका वाणी जयरामको निधन

२१ माघ, काठमाडाैं । हालै भारतीय प्रतिष्ठित अवार्ड पद्मभूषणबाट सम्मानित दक्षिण भारतीय गायिका वाणी जयरामको ७७ वर्षको उमेरमा निधन भएको छ ।

उनको टाउकोमा लामो समयदेखि चोट लागेको थियो, जसका कारण उनी बिरामी भइरहन्थिन् । उनी शनिबार बिहान चेन्नईस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

वाणी जयराम दक्षिण भारतीय चर्चित प्लेब्याक सिंगर थिइन् ।सन् १९४५ मा तमिलनाडुको वेल्लोरमा जन्मिएकी वाणीले आफ्नो करियरमा तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूलगायत १९ भाषामा १० हजारभन्दा बढी गीत गाएकी छन् ।