|  

रविविरुद्ध फेरी आयो भ्रामक समाचार,दाङमा रहेका डा.ढकाललाई किन काठमाडौँमा छन् भनियो ? (भिडियाेसहित)

२५ माघ, काठमाडौं । गत आइतबार पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यमको नामै तोकेर अभिव्यक्ति दिए । उनले विभिन्न १२ संचारकर्मीको नामै किटान गरेका थिए । जुन अभिब्यक्तिले देशैभर हलचल ल्याइदियो ।

अहिले रविको अभिव्यक्तिले रास्वपामा उनको आलोचना सुरु भएको र केन्द्रिय समितिको सोमबारको बैठकमा नेताहरुले आत्मालोचना गर्न माग गरेको भ्रामक समाचार सार्वजनिक भइरहेका छन् । रविको अभिव्यक्तिले सार्वजनिक वृत्तमा राम्रो सन्देश नगएको नेताहरुले बताएका र पार्टी प्रवक्ताले भने रविको बचाउ गरेको भनेर समाचार बनाइएको छ । तर उक्त समाचार झुटो भएको तथ्य हामीलाई प्राप्त भएका छन् ।

समाचारमा रास्वापाका प्रमुख सचेतक सन्तोष परियार र सांसद गणेश पराजुली लगायतका रास्वपाका सांसदहरुको नाम समावेश गरेर समाचारलाई सत्य तुल्याउन खोजिएको छ । तर पराजुली र परियारले भने उक्त समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले रविले मिडियामाथि गरेको आक्रोश सहि भएको समेत बताएका छन् । 

त्यस्तै समाचारमा पार्टी प्रवक्ता डा.ढकालले रविको बचाउ गरेको भनिएको भएपनि डा. मुकुल समाचारमा सोमबार बैठक बसेको भनेको दिन दाङमा थिए । उनी माघ २२ गते आइतबार नै बुद्ध एयरको यु ४,८०५ नम्बरको फ्लाइटमार्फत साँझ ६ बजेर २० मिनेटमा मंगलबार हुने रास्वपा लुम्बिनी प्रदेश विस्तार बैठकमा सहभागी हुन भैरहवा गएका थिए । उनी भैरहवा गएको प्लेन टिकट र कार्यक्रममा सहभागी भएका केहि तस्बिरहरुले बैठकमा सहभागी नभएको पुष्टि गर्दछ ।

रविले नामै तोकेर आरोप लगाएका मध्येका केहि मिडियाहरु यति बेला रविप्रति रुष्ट बनेका छन् । आक्रोशित केहि मिडियाहरुले उनीविरुद्धका भ्रामक समाचारहरु सम्प्रेशन गरिहेका छन् । यस समाचारले रविले मिडियाहरुले भ्रामक समाचार सम्प्रेषण गर्छन भनेर लगाएको आरोपको पुष्टि गर्न मदत मिलेको छ ।

बाँकी भिडियाेमा हेर्नुहाेसः