|  

मिडिया विस्तारै हतियारमा परिणत हुँदैः भुषण दाहाल (भिडियोसहित)

१० फागुन, काठमाडौं । वरिष्ठ पत्रकार भुषण दाहालले कुनैपनि देशको इन्जिन भनेको राजनिति रहेको बताएका छन् ।

हेडलाईन नेपालको हेडलाईन विशेषमा संजीव रेग्मीसँग कुरा गर्दै उनले राजनितिक गलत भएपछि समाज र समाजका अन्य अंग बिग्रने बताएका हुन् । उनले मिडिया एउटा निष्पक्ष ऐना भएकाले समाज परिवर्तनमा मिडियाको पनि हात हुनुपर्नेमा जोड दिए । पत्रकार दाहालले मिडिया विकासको क्रममा हाल विस्तारै हतियारमा परिणत भयो की भन्ने आफुलाई लागेको समेत टिप्पणी गरे ।

उनले भने, जसरी हामी अरुलाई दुधले नुँहा भन्छौँ, आफैले पनि दुधले नुहाउने बेला भइसक्यो । प्रेस पुर्ण स्वतन्त्रताको जगमा उभिएको हुनुपर्छ । प्रेस अराजकताको विउ हुनुभएन ।’

यसैक्रममा उनले आफु लक्की जेनेरेसनको मिडियाकर्मी भएको समेत बताएका छन् । उनी संचार क्षेत्रमा लागेको हाल झण्डै ३५ वर्ष पुगिसकेको छ ।