|  

उपराष्ट्रपतिका उम्मेदवारहरुको आज नामावली प्रकाशन

२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले आज उपराष्ट्रपतिका उम्मेदवारहरुको नामावली प्रकाशन गर्दैछ ।

उम्मेदवारी दर्ता गर्नका लागि आयोगले शनिबारका लागि मिति तोकेको थियो । सो अनुसार शनिबार उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ ।
जसमा ३ जना सत्ता पक्षका रहेका छन् भने अर्का एमालेका रहेका छन् । सत्ता पक्षका जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो ।

सोही उम्मेदवारी दर्ता गराएका व्यक्तिहरुको नामावाली प्रकाशन अजा हुँदैछ । अन्तिम नामावाली प्रकाशन गर्नु अघि एक उम्मेदवारविरुद्ध भने उजुरी परेकाले जाँचबुझ पनि आजै हुने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरु मध्ये जसपाका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो । उनले सत्ता गठबन्धनको सहमतिकै आधारमा उम्मेदवारी दर्ता गराएका थिए ।