|  

कामपाका मेयर बालेन शाह आज लण्डन जाँदै

२९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज लण्डन जाँदैछन् ।

फागुन ३० देखि तीन दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयरसहित ४ सदस्यीय टोली आज साँझ त्यसतर्फ जान लागेको हो । टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेका बालेनको सचिवालयले जनाएको छ ।

आफू लण्डन जाने भएपछि बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न् ।