२९ फागुन, काठमाडौं । मगर कथानक चलचित्र “उखान” आगामी चैत १८ गते प्रर्दशन हुने भएको छ ।
राष्ट्रिय नाचघर, काठमाण्डौको जमलमा चैत १८ गते र चैत्र २५ गते शनिबार पोखरा १० बिरेन्द्रचोक, रामबजारमा च्यारिटि शो हुने भएको हो । मगरहरुको लोप भैइरहेको भाषा, कला र संस्कृतिलाई मध्यनजर गर्दै निर्माण भएको उखान चलचित्र एक पटक हेर्नै पर्ने चलचित्र भएको निर्देशक प्रकाश कुमार दर्लामी बताउँछन् ।
चलचित्रले मगरहरुको भाषा कसरी लोप भयो ?, मामाको छोरीलाई चेलीको छोराले मात्र होईन माउली खलकले पनि हक जमाउने गर्दछ, भन्ने चलनलाई खुलाएर बनेको चलचित्रमा बिशेष गरी भाषा, कला र संस्कृतिको संरक्षण गरौँ ! र सबै मगरहरु एक हौ, भन्ने सन्देश दिन खोजेको बताइएको छ । “उखान” बिशेष गरी नेपाली भाषामा निर्माण हुनुको मुख्य कारण बिश्व भरीका मगरहरुले सजिलै बुझ्न सकोस र प्रत्येक मगरहरुले यस चलचित्रलाई हेरिसकेपछि आफ्नो मौलिकतालाई पछ्याउँदै जाने निर्माता टोलीको विश्वास छ ।
एक्सन फिल्म प्राइभेट लिमिटेडको ब्यानरबाट तयार भएको चलचित्रमा कबिता आले, खड्ग बहादुर पुन (खबपु), रिमा काउचा मगर, प्रकाश कुमार दर्लामी, काजिमान पुलामी, हेमा पुन र धनमाया सोतीमगर को मुख्य भुमिका रहेको छ भने मेक बहादुर आले, बलबिक्रम थापा, लक्ष्मी श्रेष्ठ, साबित्री राना, शंकर सुनुवार, दिपक योगी, नन्द कुमारी एस्माली, रुपक योगी, प्रबिण राई, सुर्य ब। थापा, निर्मला पुन, युबराज खत्री, सर्मिला राना, सुनिता बुढा, उषा अर्मजा मगर, आर्यन लामा तामाङ, राजेस गोसाइँ, प्रेम एस्माली, ध्वज मगर, संगीता थापा मगर, लगायत धेरै कलाकारहरु को दमदार अभिनय रहेको छन् ।
टेक बहादुर अस्तानी र देव कुमार दर्लामीको लगानीमा बनेको चलचित्रमा मेक बहादुर आले, निर्मला थापामगर र सुनिता आलेले सहयोग गरेका छन् । प्रकाश कुमार दर्लामीको कथा र निर्देशनमा चलचित्र उखान बनेको हो ।यस चलचित्रकाे छायांकन सुजन श्रेष्ठले गरेकाे हाे भने सम्पादन युवराज खत्रीले गरेकाे हाे ।