०१ चैत, काठमाडौं । हास्य अभिनेता जितु नेपाल (मुन्द्रे)ले ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन भोलिदेखि प्रसारणमा ल्याउने भएका छन् ।
भोलिदेखि हरेक बिहीवार राती ९ बजे यो शो प्रशारणमा आउनेछ । यस सिजनमा अध्यक्षमा अभिनेत्री प्रियंका कार्की छिन भने निर्देशकमा दिनेश डीसी छन । त्यस्तै कलाकारहरूमा दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामालगायत रहेका छन् । निर्माण टिमले पहिलो भागको प्रोमो सार्वजनिक गरेको छ । पहिलो भागमा युवास्टार अभिनेता प्रदीप खड्का अतिथि बनेका छन् ।