|  

जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सुरु

१ फागुन, काठमाडौं । निजी क्षेत्रको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ।

वर्ल्ड लिङ्कले जुम्ला सदरमुकाम खलङ्गामा औपचारिक कार्यक्रम गरेर एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो।जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्ड लिङ्कले बताएको छ।

अध्यक्ष दिलीप अग्रवालले जुम्लामा यो सेवा दिन पाउँदा खुसी व्यक्त गरे। काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिङ्गो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालले बताए।

जुम्लामा २०७९ साल असारबाट सेवा सुरु गरेको इन्टरनेट सेवाको जुम्लामा वर्ल्ड लिङ्कको टोली आएर यस बेला औपचारिक शुभारम्भ गरेको छ। अहिलेसम्म ५२५ ग्राहक पुगिसकेका वर्ल्ड लिङ्क जुम्ला कार्यालयले जानकारी दिएको छ।