१ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई जना पाइलटलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
खराब मौसमका बाबजुद पनि दृश्यात्मक उडान (भीएफआर) मा बादलभित्र उडान गरेको भन्दै प्राधिकरणले पाइलटद्वयलाई निलम्बन गरेको हो । तर, घटनामा प्रयोग भएको जहाज र कारबाहीमा परेका पाइलटहरुको सूचना भने प्राधिकरणले गोप्य राखेको छ ।
कम्पनीको साख र व्यवसायलाई ध्यानमा राख्दै यस्तो सूचना गोप्य राखिएको प्राधिकरणले जनाएको छ । घटना ४-५ महिना अघिको भएपनि सुरक्षा संवेदनशीलतालाई हेरेर घटनामा संलग्न पाइललाई कारबाही गरिएको बताइएको छ । कारबाहीमा पर्ने पाइलटहरुले चित्तबुझ्दो जवाफ पेश गरे निलम्बन फुकुवा हुने बताइएको छ ।