|  

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट ह्याक

२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक ट्वीटर अकाउन्ट ह्याक भएको छ ।

हिजो रातीसम्म आधिकारिक नियन्त्रणमा नै रहेको उक्त अकाउन्ट बिहीबार बिहानबाट नियन्त्रण बाहिर गएको हो ।अकाउन्ट ह्यान्डलको नाम उही भएपनि अहिले पनि उक्त अकाउन्ट ह्याकरको नियन्त्रणमा रहेको छ । ह्याकरले आधिकारिक ह्यान्डलबाट विभिन्न अनधिकृत पोस्टहरू शेयर गरिरहेको छ । अकाउन्टमा एनएफटी लगायतको पोस्टहरू देख्न सकिन्छ ।