|  

सुटिङका ​​क्रममा अभिनेत्री दिव्या गम्भिर घाइते

२ चैत, काठमाडौं । भारतीय अभिनेत्री तथा निर्देशक दिव्या खोसला कुमार हालै आफ्नो आगामी प्रोजेक्टको सुटिङका ​​क्रममा गम्भीर घाइते भएकी छिन् ।

सुटिङका ​​क्रममा उनी फलामको ग्रिलसँग ठोक्किएकी थिइन् जसका कारण उनको गालाको हड्डीमा गम्भीर चोट लागेको हो ।घाइते भए पनि दिव्याले आफ्नो काम लगनशीलताका साथ सम्पन्न गरको कुरा सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।

आफ्ना प्रशंसक र शुभचिन्तकहरूका लागि दिव्याले इन्स्टाग्राम मार्फत आफ्ना तस्बिरहरू पोस्ट गर्दै लेखेकी छिन्, ‘मेरो आगामी प्रोजेक्टको एक्शन सिक्वेन्सका क्रममा गम्भिर घाइते भएकी छु । तर शो जारी रहनुपर्छ । तपाईंको आशीर्वाद र उपचार ऊर्जा सबैलाई अत्यन्तै आवश्यक छ ।’