|  

प्रतितोला १ हजार रुपैयाँले  बढ्यो सुनको मूल्य 

२ चैत, काठमाडौं । साताको कारोबारको पाचौ दिन आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेको हो। आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।