२ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहतर्फ एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले बुधबार राति एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले प्रकाशन गरेको नतिजाअनुसार ६ हजार ६ सय ६९ जना उत्तीर्ण भएका छन् ।
आयोगले गत फागुन २४ गते परीक्षा लिएको थियो। आयोगले एमबीबीएसका लागि १८९५ सिट संख्या निर्धारण गरेको छ ।
यसरी हेर्दा ४ हजार ७ सय ७४ जनाभन्दा बढि परीक्षार्थी उत्तिर्ण भएको देखिन्छ। नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि चैत ८ गते बिहान १० बजेदेखि चैत १० गते अपराह्न ५ बजेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिनसक्ने आयोगले जारी गरेको सूचनामा भनिएको छ ।
यस्तै आयोगले परीक्षाको मर्यादा विपरित कार्य गरेका दुई जनाको परीक्षा रद्द गरेको छ । आयोगले फागुन २४ गते एकीकृत प्रवेश परीक्षा लिएको थियो ।