२ चैत, काठमाडौं । साताको कारोबारको पाचौ दिन आज (बिहीबार) सेयर बजार नेप्से घटेको छ ।
आज नेप्से ५ दशमलव ३२ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा झरेको छ ।जलविद्युत् र अन्यबाहेक अरु सबै समूहको सेयर घटेको छ । २ सय ५८ वटा कम्पनीका ३४ लाख २ हजार कित्ता सेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भयो ।आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयर झण्डै ६ प्रतिशत तथा नयाँ साथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयर साढे चार प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम पावर कम्पनी र युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।