०२ चैत, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको हो । हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउने गर्दछ । सो अनुरुप आज पठाएको मूल्य सामान्य घटेको हो ।
आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल १७५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।