|  

युएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

०२ चैत, काठमाडौं । विश्वकप क्रिकेट लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डिएल मेडथमा हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको हो । यो जितसँगै आईसीसी विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोड्यो।