०२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय १ जनाको नमूना परीक्षण गरिएको छ ।
९३ जनाको पीसीआर र १ सय ८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर २ जना संक्रमण मुक्त भएका छन भने १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।