|  

म्यानचेस्टर युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश, आर्सनल बाहिरियो

०३ चैत, काठमाडौं । म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति अन्तिम १६ को दोस्रो लेगको खेलमा रियल बेटिसलाई १-० गोलले र समग्रमा ५-१ को नतिजा सहित युनाईटेड अन्तिम ८ मा पुगेको हो । युनाईटेडको जितमा मार्कोस रासफोर्डले निर्णायक गोल गरे । यस सिजन युरोपा लिगमा रासफोर्डले ६ गोल पुरा गरेका छन् ।

युनाइटेड क्वार्टरफाइनलमा पुग्दा अर्को इंग्लिस टिम आर्सनल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।  दोस्रो लेगको खेलमा दुवै टिमले १–१ को गोलको बराबरी खेलेपछि नतिजा समग्रमा ३–३ को निस्किएको थियो । पेनाल्टी सुटआउटमार्फत भएको खेलको निर्णयमा आर्सनल ५–३ गोल अन्तरले पराजित बन्यो ।