३ चैत, काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका-५ खैरेनीमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गणेश थापाको कवाडखानाको गोदाममा बिहीबार राति १० बजेपछि आगलागी भएको थियो । आगोलाई प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।