|  

दाङमा धुवाँले निस्सासिएर एक महिलाको मृत्यु 

३ चैत, काठमाडौं । दाङमा धुवाँले निस्सासिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका-५ का ४० वर्षीया पार्वती घर्ती रहेको प्रहरीले जनाएको छ ।

पाताले छाएको एक कोठे घरमा बिहिबार राती सुतेको अवस्थामा आगलागी हुँदा धुवाँले निस्सासिएर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतकको शरीरमा भने कतै जलेको घाउखत छैन ।प्रहरी निरिक्षक केसीका अनुसार चुरोट खाएर फालेको ठुटाले सिरक वा डसनामा आगो सल्किएर कोठामा धुवाँ भरिएको थियो । सो क्रममा ढोका खोल्न प्रयास गरे पनि नसकेर ढोका नजिकै ढलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान स्थानीयले धुवाँ उडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घरमा एक्लै बस्दै आएकी थिइन् । उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।