०४ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेश नामाकरणको विरोध प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरेको छ ।
कार्यालयले आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका केही स्थानहरूमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए । कोशी प्रदेश नामाकरणको विरोधमा आइतबार बृहत प्रदर्शन गर्ने पहिचान पक्षधरहरूको तयारी छ । त्यसैलाई रोक्न प्रशासनले निधेषाज्ञा जारी गरेको हो ।
‘कोशी प्रदेश नामाकरण पश्चात असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनगर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याइ राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णायानुसार भोलि बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको छ,’ उक्त सूचनामा भनिएको छ ।
प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोक देखि पूर्वको क्षेत्रसम्म निषेधाज्ञा लगाएको हो । उक्त स्थानहरूमा सर्वसाधरण तथा सवारीसाधन आवतजावत बाहेक कुनै पनि किसिमको जुलुस, चेला, ¥याली धर्ना जस्ता कार्य गर्न निधेयष गेको हो । आदेशको उल्लंघन गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
प्रदेशको नाम कोशी राखेको भन्दै त्यहाँ विरोध हुँदै आएको छ। प्रदेशको नाममा पहिचान जोडिएको हुनुपर्ने र किराँत राख्नुपर्ने भन्दै प्रदर्शन हुँदै आएको हो । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी प्रदेश नाम बहुमतले पारित गरेको थियो । त्यसयता पहिचान पक्षधरले विरोध प्रदर्शन गर्दै आएका हुन । दुई पटक हड्तालरबन्द समेत गरिसकेका छन् ।
त्यसैबीच आइतबार नै उनीहरूले विराटनगरस्थित प्रदेश सभा केन्द्रीत विरोध प्रदर्शन गर्न लागेका हुन । उक्त प्रदर्शनलाई रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।