|  

फुटबलबाट सन्यास लिने लुकास लिभाको घोषणा

०४ चैत, काठमाडौं । ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिएका छन् । 

मुटुको समस्यापछि लुकासले ३६ वर्षको उमेरमा फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन । उनले सामाजिक सञ्जालबाट सन्यास घोषणा गरेका छन् । लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परीक्षण गराउँदा उनलाई मुटुको समस्या देखिएको थियो । लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए । लिभरपुलमा १० सिजन बिताउदा उनले ३ सय ४६ खेल खेलेका थिए ।

लिभरपुल छाडेर उनी २०१७ मा इटालियन क्लब लाजियोमा अनुबन्धित भएका थिए । ब्राजिलका लागि उनले २४ खेल खेलेका थिए ।