|  

काठमाडौंको तिलगंगामा गाडीको ठक्करबाट एक जनाको मृत्यु

४ चैत, काठमाडौं ।  काठमाडौंको तिलगंगामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकमा ना.३ ख ६०६४ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

उक्त गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई सिनामंगलमा डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको शनिबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।