|  

प्रधानमन्त्री प्रचण्डले गृह सचिवसहित सुरक्षा अधिकारीलाई बोलाए बालुवाटार

४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह सचिवसहित सुरक्षा अधिकारीका प्रमुखहरुलाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन् ।

दाहालले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिन गृह सचिवसहित सुरक्षा अधिकारीका प्रमुखहरुलाई बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्री दाहालले भोलिहुँदै गरेको स्ववियु निर्वाचन, प्रहरीले मिटरब्याजीविरुद्ध गरिरहेको कारवाही र अन्य सुरक्षा सतर्कता सम्बन्धी जानकारी लिएको र देशको सुरक्षा ब्यवस्था भरपर्दो बनाउन निर्देशन पनि दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।