|  

अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ

४ चैत, काठमाडौं । अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा बाजुराकी १७ वर्षीया बालिका माथि जबर्जस्ती करणी भएको हो।करणी गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक युवकलाई नियन्त्रणमा लिएको  छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन।