|  

१० दलीय गठबन्धनको बैठक सुरु 

४ चैत, काठमाडौं ।  १० दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

बैठक केही समय अघि बालुवाटारमा सुरु भएको हो । राष्ट्रपति र उपराष्ट्रपति गठबन्धन दलको समझदारी अनुसार निर्वाचित भएपछि यो पहिलो बैठक हो। बैठकले गठबन्धनको भावी रणनीति र कार्ययोजना बनाउने बताइएको छ। 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने, सरकारलाई पूर्णता दिने तथा भोलि चैत ५ गतेलाई बोलाइएको संसदका विषयमा छलफल हुने बताइएको छ।