|  

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान सुरु

४ चैत, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो ।

नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ । मतदानका लागि शनिबार अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरुको उपस्थिति रहेको थियो ।
उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ ।

त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उनको प्यानलबाट उम्मेदवार छन् ।त्यस्तै सदस्य पदमा उनको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ ।

निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवमा सविन श्रेष्ठ छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन् ।

सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् ।