४ चैत, काठमाडौं । सत्ता साझेदार १० दलीय गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकजुट हुने निर्णय गरेको छ ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आइतबार संसदमा सरकारले पेश गर्ने संक्रमणकालीन न्याय –टिआरसी सम्बन्धी विधेयकको पक्षमा एकमतका साथ उभिने निर्णय समेत गरेको छ ।